काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन आज (आइतबार) सुन–चाँदीको भाउ आरोलो लागेको छ । अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार प्रतितोला एक हजार छ सय रूपैयाँ बढेको सुनको भाउ यस दिन प्रतितोला चार सय रूपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै आइतबार चाँदीको मूल्य पनि घटेको छ ।
यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ४० रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार आठ सय ४५ रूपैयाँमा कारोबार भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ घटेको हो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ५० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।