• दोस्रो तिलोत्तमा महोत्सवको छैठौं दिन चर्चित गायक रमेशराज भट्टराई र श्याम रानासंगै अन्यको प्रस्तुति

  • गोविन्द भुसाल, बुटवल । दोस्रो तिलोत्तमा महोत्सवको छैठौं दिन चर्चित आधुनिक गायक रमेशराज भट्टराई र चर्चित  लोक तथा दोहोरि गायक श्याम राना आउने भएका छन् । उनीहरुसंगै गायक राम प्रसाद पौडेल,गायिका रितु थापा , जादुगर राजेन्द्र गिरि , डि जे सुरजसहित स्थानीय कलाकारको बजोड प्रस्तुति रहने महोत्सवका संयोजक तथा तिलोत्तमा व्यापार  संघका अध्यक्ष  तेज प्रसाद  न्यौपानेले जानकारी दिए ।

    सोमबार अर्थात पाँचौदिन चर्चित गायक खुमन अधिकारी , गायिका सीता राना , गायक सुशील आचार्य , जादुगर राजेन्द्र गिरि , डिजे सुरजलगायतको प्रस्तुति रहेको थियो ।

    यस्तै  महोत्सवका सास्कृतिक संयोजक तेज प्रसाद पाण्डेले डान्स र गायनतर्फका प्रतिस्पर्धीले आआफ्नो प्रस्तुति राख्ने बताए । खुल्ला गायन तथा खुल्ला नृत्य प्रतियोगिताको कार्यक्रमलाई गायक तथा उद्घोषक दिपु मगर र विविध सास्कृतिक कार्यक्रम दुर्गा गुरुङले  संचालन गर्नेछन् ।

    “व्यावसायिक दक्षता अभिवृद्धि र स्वरोजगार  : सिदृढ आर्थिक विकासका निम्ति व्यापार विस्तार ” भन्ने मुलनाराका साथ संचालन भइरहेको महोत्सवलाई प्रमुख अतिथि लुम्बिनी प्रदेशका मुख्यमन्त्री माननीय चेतनारायण आचार्यले समुद्घाटन गरेका थिए ।

    दोस्रो तिलोत्तमा महोत्सव मणिग्राम-५ मा रहेको प्रदशनी मण्डपमा  मंसिर ६ गतेदेखि सुरु भएको हो । भने यो महोत्सव मंसिर १८ गतेसम्म संचालन हुने छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय