• याद

    २०८० फाल्गुन ४, शुक्रबार २१:०७ मा प्रकाशित
  • निरुता गिरी | मैले किन तिमीलाइ सम्झेको छु, एक पल‌ होइन पल पल । जसरी आगो दन्किन्छ त्यसरी नै मेरो मन दनकिएको छ। त्यतिमात्रै नभएर तिमीले दिएका पिडाहरु भकभक पानी उमले जसरी उम्लिरहेको छ । मलाई जोगाउन खोज्नेहरु पनि उमलेको‌ पानीको बाफले पोलछ कि भनेर टाढा गैइदिन्छन । तै पनि तिम्रो याद आइदिन्छ। किताबका पानामा भएका अक्षर समझिन बारम्बार रट्टा मार्ने मान्छे म तिम्रो याद‌ त कितावका पाना नपलटाउदै‌ आइदिन्छ। जसरी तिमीले मलाई अनजान मान्छे बनायौ म पनि तिम्रो लागि अन्जान भैइदिए । तर तिमीले मलाई अनजान बनाएर मबाट गएतापनि मेरो मनमा रहेको तिमीप्रति तान्ने चुम्बकलाई लैजान बिर्से छौँ ।
    त्यसैले त जति टाढा तिमी हुदै गएका छौ त्यति नजिक हुन मैले‌ कोशिस गरेको छु । तर मेरो कोशिस वालुवामा पानी हाले जस्तै बनाइदिएको छौ । वास्तवमा तिमी त सम्झिन लायकको नै छैन। तर यो मनले त लायक र नालायक केही भन्दो रहेनछ। किनकी मैले त होनी तिमीलाई रोजेको । त्यसैले त आज मेरो रोजाईप्रति लाज लागेर आउछ।
    गिद्धले सिनो लुछे जस्तै, मौरीले रस चुसेजस्तै मलाई लुछिरहेयौ, चुसिरहेयौ । म केही नबोली आखाबाट आसुका थोपा चुहाइरहे यो सम्झेर कि तिमी मेरो रोजाई हौ । धमिराले काठ खोक्रो पारे जस्तै गरी आज म एकदम खोक्रो छु । म थाकिसके तिम्रा यि यादहरुबाट , तै पनि म अझै तिमीलाई सम्झन्छु। तिमीले मलाई दुखाएर गयौ त्यसैले त आज म भित्रको म रहिन नि । मेरो उज्यालो जिन्दगी अन्धकार भएको छ, मेरो हराभरा जिन्दगी उजाड भएको छ, रङ्गिन जिन्दगी बेरङ्ग भएको छ । तै पनि मैले अझै तिमीलाई सम्झिन्छु। खै किन सम्झन्छु म आफैंलाई थाहा छैन। आजभोलि त मेलै मलाई प्रेम गर्न छोडेको‌ छु र पनि अझै तिम्रो लागि प्रेम छ । म तिम्रो लायक नभए पछि तिम्रा यि यादहरूको लायक हुनु छैन मलाई। जसरि तिमी गयौ त्यसरी यि तिम्रा बारम्बार आइरहने याद र सम्झनालाई‌ पनि लैजाउ ।
    म चाहान्छु तिमीलाई बिर्सन अनि सोच्छु तिम्रा ति यादहरु बिर्सन नसक्ने मान्छे म जन यि यादहरु दिएर गएको मान्छेलाई त कहाँ भुल्न सक्छु होला र । त्यसैले त मेलै तिम्रो सामु मेरा आँसु , पिडा देखाएन किनकि मेरा यि आँसु र पिडा कुनै हलुको मान्छेको अघि झारेर मन हलुका पार्ने मन थिएन । निस्वार्थ भाव र सामीप्यता थियोनी तिमीसँग त्येसैले त अझै सम्झन्छु तिमीलाई। म त एउटा माछा जस्तो भएछु नि । माछा बस्ने पानिमा विष खनाइदिएपनि , धमिलो पारिदिएपनि माछाको जाने ठाउँ कहाँ छ र ।
    तै पनि म तिमीलाई अझैँ सम्झन्छु। तिमी त म देखि एकदम अघाएको रै छौ। जति अघाएपनि एक न एक दिन भोक लाग्ला नि त्यति बेला जसरि म अहिले पिल्सिएको छु त्यसरि नै मेरो मौनताले तिमीलाई रुने बनाइदिने छु । तर म सक्दिन तिमीलाई रुवाउन ,अहँ पटक्कै सक्दिन । किनकी म तिमी हैन र तिमी म हैनौ ।
    तिमीले मसँग माया त गर्यौ तर यहि मायालाई टिकाउने आँट गरेनौ । केहि छैन , म अझै तिमीलाई सम्झिरहेको छु, सम्झन छु पनि । अन्त्यमा आफ्नै मनसँग गुनासो पोख्दै तिमीलाई सम्झिरहने छु , पर्खिरहने छु । यो आसमा कि पर्खाइ नै प्रेम रहेछ भनेर ।

    सिफारिस