• प्रचण्ड–बाबुरामविरुद्ध मुद्दाको पेसी शर्मा र ढुङ्गानाको इजलासमा

  • काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा. बाबुराम भट्टराईलाई विपक्षी बनाई सर्वोच्च अदालतमा दायर रिटको पेसी आज (शुक्रबार) का लागि तोकिएको छ । पूर्व बाल सैनिक लेलिन विष्टले दर्ता गरेको दुई थान निवेदन सुनवाइका लागि आज पेसी तोकिएको हो ।  

    न्यायाधीशहरू मनोजकुमार शर्मा र टेकप्रसाद ढुङ्गानाको इजलासमा पेसी तोकिएको छ । रिटमा माओवादीका नेता पूर्व  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई  विपक्षी बनाइएको छ । रिटमा  युद्ध मा बाल सेना  प्रयोग गरेको भन्दै कारबाही गर्न माग गरिएको छ । 

    विष्टले सुरुमा २०८० जेठ २८ गते रिट दर्ता गरेका थिए भने उक्त रिटको फैसला नभएपछि पुन २०८१ भदौ २४ गते दोस्रो मुद्दा दायर गरेका थिए ।  संक्रमणकालीन न्यायसँग सम्बन्धित दुई कानुन संशोधनका क्रममा बाल सेनाको सरोकार उपेक्षा गरिएको दाबी रिटमा गरिएको छ । दुवै  रिट यसअघि दुई पटक हेर्न नभ्याइने हुँदै सुनुवाइ सर्दै आएको थियो । भदौ ३० र असोज ७ गते पेसी तोकिए पनि सुनुवाइ हुन सकेको थिएन ।
     

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय