• अनेरास्ववियु तिलोत्तमा नगरकमिटीले गर्‍यो शंकरनगर दुर्गादत्त मा विमा एक लाखको अक्षयकोष निर्माण

  • निरुता गिरि, बुटवल । अनेरास्ववियु तिलोत्तमा नगर कमिटिले गरिव तथा जेहेन्दार विद्यार्थीलाई एक लाख रकम बितरण गर्ने गरि अक्षयकोष निर्माण गरेको छ । उक्त रकम शंकरनगर दुर्गादत्त मा बिको वार्षिक उत्सवको अवसर पारेर विद्यालयलाई हस्तान्तरण गरेको हो ।


    कार्यक्रममा अनेरास्ववियुको तर्फवाट रुपन्देही जिल्ला कमिटी अध्यक्ष भरत अर्यालले विद्यालयमा गरेको लगानी निकै प्रभावकारी र लाभदायक हुने बताउदै गरिब तथा जेहेन्दार बालबालिकाको लागि केही हौसला बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले यो रकमलाइ‌ अझै बढाउदै लैजाने प्रतिबद्धता ब्यक्त गर्नुभयो।


    कार्यक्रममा बोल्दै जिल्ला कमिटी सह-सचिव तथा तिलोत्तमा नगर कमिटी अध्यक्ष सरोज खनालले कुनै पनि विधार्थी पढ्नबाट बन्चित नहोस भन्ने हेतुले यो अक्षयकोष स्थापना गरेको बताउनुभयो । उहाँले भन्नुभयो ” यही विद्यालयमा अखिल साँझ गरेको थियौ जसबाट उठेको रकम हामीले यही विद्यालयलाई दिनुपर्छ भनेर अक्षयकोष स्थापना गरेका हौ । “


    उक्त कार्यक्रममा रुपन्देही कार्यालय सदस्य अर्जुन खरेल, बुटबल उपमहानगरपालिका कमिटी उपाध्यक्ष बिशाल थापा,शंकरनगर दुर्गादत्त मा बि कमिटी अध्यक्ष पुर्ण रोका मगर र सचिव निरुता गिरिको उपस्थिति रहेको थियो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस