• संसद सचिवालयले भारतसँग माग्यो ३८ कार र ७५ वटा मोटरसाइकल

  • काठमाडौं । संघीय संसद् सचिवालयले भारत सरकारसँग ३८ वटा कार र ७५ वटा मोटरसाइकल मागेको छ । संसद् सचिवालयले अर्थ मन्त्रालयमार्फत भारतीय सहयोगका लागि पहल गरिएको संसद् सचिवालयका सहायक प्रवक्ता अनन्तप्रसाद कोइरालाले प्रशासनलाई जानकारी दिए ।

    उनका अनुसार भारतीय सहयोगमा सवारीसाधन प्राप्त हुने गरी पहल भएको र अर्थ मन्त्रालयमार्फत सहयोगस्वरुप सवारीसाधन प्राप्तिका लागि गृहकार्य अगाडि बढेको छ । संसद् सचिवालयका पदाधिकारी र कर्मचारीका लागि आवश्यक सवारी साधनका लागि समन्वय भएको कोइरालाले बताए ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस