• रवि लामिछाने पक्राउको विरोधमा रास्वपा नेता–कार्यकर्ता सडकमा

  • काठमाडौं । सभापति रवि लामिछानेकाे पक्राउकाे विरोधमा रास्वपा नेता–कार्यकर्ताले प्रदर्शन थालेका छन् । गरेको भन्दै पार्टीका नेता–कार्यकर्ताहरू विरोधमा उत्रिएका छन् । शनिबार काठमाडौंको माइतीघरमा भेला भई पार्टीका नेता–कार्यकर्ताहरूले पार्टी सभापति लामिछाने पक्राउ परेकोमा विरोध जनाएका हुन् ।

    रास्वपा नेता–कार्यकर्ताले रवि लामिछानेलाई पक्राउपछि लगिएको कास्कीको पोखरामा समेत विरोध प्रदर्शन गरेको छ । यस्तै अन्य जिल्लाहरुमा समेत रवि पक्राउको विरोधमा प्रदर्शन भएका छन् । काठमाडौंको माइतीघरमा प्रदर्शनकारीहरूले सहकारी पीडितलाई न्याय दे, भ्रष्ट सरकार मुर्दावाद, दोषीलाई च्याप्ने, निर्दोषलाई न्याक्ने, भाट–भुटानी सरकार मुर्दावाद, सरकार मर्‍यो, जनतालाई जुठो पर्‍यो लगायतका प्लेकार्ड बोकी नारा लगाएका थिए ।

    रास्वपा सभापति लामिछानेलाई सहकारी प्रकरणमा रकम हिनामिना गरेको आरोपमा अदालतको अनुमतिपछि प्रहरीले शुक्रबार साँझ पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ गरी पोखरा पठाएको थियो । सभापति लामिछानेमाथि सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान हुनेछ । लामिछानेले गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशक हुँदा सहकारीको बचत उक्त मिडियामा लगेर अपचलन गरेको आरोप छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस