• पर्यटनमन्त्री किरातीको प्रश्न : निगमले कतिलाई बिलो बाँड्ने हो ? कतिलाई दक्षिणा दिने हो ?

  • काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगम करार व्यवस्थापनबाट सञ्चालन गरिनु पर्ने बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको मंगलबारको बैठकमा उनले यस्तो बताएका हुन् ।

    निगमलाई करार व्यवस्थापनमा लैजान मन्त्रिपरिषद्समक्ष प्रस्ताव पठाएको एक साता भइसकेको उनले जानकारी दिए । ‘यस्तै स्थिति राख्न सकिँदैन । निगमले कति जनालाई बिलो (अंश) बाँडेर खाने हो ? कतिलाई दक्षिणा दिने हो ? यो निगमले कतिजना पाल्ने हो ?’, मन्त्री किरातीले प्रश्न गरे । उनले अगाडि भने, ‘करार व्यवस्थापनमा जानैपर्छ । त्यसको लागि मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको एक साता भएको छ । एकैपटक करार व्यवस्थापनमा नभए आवश्यक छलफल गरेर जानुपर्छ ।’

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस