• शेयर बजार सामान्य बढ्याे, साढे १३ अर्ब रुपैयाँकाे काराेबार

  • काठमाण्डाै – हिजो एक सय २७ अङ्कले बढेको शेयर बजार आज सामान्य बढेको छ । दिनभरको उतारचढावका बीच शेयर बजार परिसूचक नेप्से ६ दशमलव ९० अङ्कले बढेर दुई हजार आठ सय ३० दशमलव १६ विन्दुमा पुगेको छ ।

    आज विकास बैंक, होटल, बीमा, माइक्रोफाइनान्स बाहेक सबै समूहको शेयर घटेको छ । आज १० वटा कम्पनीका शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन हिमालयन पावर पार्टनर र दोल्ती पावर कम्पनीको शेयर भने आठ प्रतिशतभन्दा धेरैले घटेको छ ।

    आज तीन सय २८ वटा कम्पनीका तीन करोड पाँच लाख कित्ता शेयर १३ अर्ब ५७ करोड रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै एनएलजी इन्सुरेन्स कम्पनीको ३४ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय