• प्रधानमन्त्री निवास बालुवाटारमा पुस्तकालय सञ्चालन

  • काठमाण्डौ – प्रधानमन्त्री निवास, बालुवाटारमा ‘पिपुल्स लाइब्रेरी’ सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यको अग्रसरतामा राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा हिजोदेखि पुस्तकालय सञ्चालनमा आएको हो ।

    ‘पिपुल्स लाइब्रेरी’ मा लेखक र पाठकले आफूलाई मन परेका सकारात्मक सन्देशयुक्त कृति हस्ताक्षरसहित हस्तान्तरण गर्न शाक्यले दुई हप्ताअघि सार्वजनिक आह्वान गर्नुभएको थियो । आह्वानपछि पुस्तक उपहार आइरहेका छन् ।

    प्रधानमन्त्री निवासको पुनः निर्माणका क्रममा पुस्तकालय कक्षाको संरचना भए पनि अहिलेसम्म पुस्तक सङ्कलन तथा प्रयोग भएको थिएन । पुस्तकालय आरम्भको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले पुस्तकालयलाई औपचारिक रुपमा थालनी गर्ने तत्कालीन राजा गीर्वाणयुद्ध विक्रम शाहको स्मरण गर्नुभयो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय