• भ्रष्टाचार मुद्दाको हदम्यादबारे प्रधानमन्त्री : मान्यज्यूले जे भन्नु हुन्छ, त्यही हुन्छ

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार मुद्दामा पाँच वर्षे हदम्याद राख्ने वा नराख्ने निर्णय सांसदहरुले गर्ने बताएका छन् । आज (बिहीबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।

    उनले भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल चलिरहेको र हदम्याद राख्ने वा नराख्ने निर्णय सांसदहरुले गर्ने बताए । ‘संसदमा छलफल चलिरहेको छ, तपाईंहरुलाई थाहा होला,’ उनले भने, ‘संसदमा छलफल हुन्छ, संसदले निर्णय गर्छ । संसदमा छलफल भइरहेको छ । मान्यज्यूहरुले जे भन्नु हुन्छ, त्यही हुन्छ ।’

    राज्य व्यवस्था समितिमा विधेयकबारे छलफल जारी छ । समितिमा र संसद बैठकमा सांसदहरुले हदम्याद राख्न नहुने आवाज उठाइरहेका बेला सञ्चारकर्मीहरुको जिज्ञासामा प्रधानमन्त्री ओलीले यस्तो बताए । प्रधानमन्त्री ओलीले समिति बैठकपछि संसदमा पनि छलफल गर्ने र संसदको निर्णयअनुसार विधेयक अघि बढ्ने बताए ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय