• नेपाल प्रिमियर लिग यो पटक ‘क्यान’ आफैले आयोजना गर्दै, लोगो सार्वजनिक

  • काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको टी–२० फ्रेञ्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) को लोगो सार्वजनिक गरिएको छ । क्यानले आज (सोमबार) साँझ होटल सोल्टीमा लोगो सार्वजनिक गरेको हो । खेलकुद मन्त्री तेजुलाल चौधरीले एनपिएलको लोगो अनावरण गरेका हुन् ।

    लिगको मिति समेत सार्वजनिक गरिएको छ । क्यानले आगामी मंसिर १५ देखि पुस ६ सम्म प्रतियोगिता आयोजना गर्ने समेत घोषणा गरेको छ । क्यानको महत्वाकांक्षी परियोजनाको रुपमा प्रतियोगिता आफै आयोजना गर्न लागेको हो । 

    यसअघि क्यानले दुई वर्षअघि नेपाल टी–२० लिग नाममा भारतीय कम्पनीलाई आयोजनाको अधिकार बेचेको थियो । तर सो लिग विवादित बन्नुका साथै म्याच फिक्सिङको समेत आशंका भएको थियो । यस पटक आफै आयोजना गर्न लागेको लिगमा क्यानले ६ टोली हुने जानकारी दिइयो छ । टोलीको स्वामित्व किन्नका लागि क्यानले यसअघि सूचना प्रकाशित गरेको थियो । जसमा विभिन्न कम्पनीले परियोजना प्रस्तुत गरेका छन् । अब क्यानले लिगको टोली घोषणा गरेपछि खेलाडी आबद्ध गर्ने प्रकिया अघि बढाउनेछ । 

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय