• सरकारप्रति नागरिकको विश्वासका कारण अर्थतन्त्रमा सुधारको सङ्केत देखियो : अर्थमन्त्री पौडेल

  • काठमाण्डौ – उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारप्रति नागरिकको विश्वासका कारण अर्थतन्त्रमा सकरात्मक सङ्केत देखिएको दाबी गर्नुभएको छ ।

    नेपाल उद्योग वाणिज्य महासङ्घले आयोजना गरेको दिगो आर्थिक विकासका लागि नीतिगत सुधार विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री पौडेलले सरकारले लिएको नीतिको प्रभावका कारण पनि अर्थतन्त्र सकारात्मक बन्दै गएको दाबी गर्नुभएको हो । उहाँले अहिले देखिएका सकारात्मकतामा चित्त बुझाएर सरकार बस्ने पक्षमा नरहेको र अझ तीव्र गतिको आर्थिक प्रगति देशलाई चाहिएको बताउनुभयो ।

    २०८० सालको साउन महिनाको तुलनामा यस वर्षको साउन महिनामा २० दशमलव १ प्रतिशत राजस्व वृद्धि हुनु, पूँजीगत खर्च गएको वर्षको साउनको तुलनामा ९ गुणाले वृद्धि हुनु, घरजग्गा कारोबार ११ प्रतिशतले बढ्नु लगायतका उपलब्धि सरकारको पहलले भएको अर्थमन्त्री पौडेलको भनाइ छ । उहाँले निजी क्षेत्र र सरकार एउटै नदी प्रणाली रहेको बताउनुभयो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय