• जोहाङ्ग तिलोत्तमा युवा समाज गठन

  • गुल्मीको सत्यवती ६ जोहाङ्ग देखी रुपन्देहीमा बसोबास गर्ने युवाहरुको सक्रियतामा जोहाङ्ग तिलोत्तमा युवा समाज गठन भएको छ ।

    ९२ वर्षीय जेष्ठ नागरिक डिलिराम भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा डिलु भन्डारीको अध्यक्षतामा १५ सदस्यीय कार्य समिती गठन गरिएको छ । जस्मा उपाध्यक्षमा सुरज न्यौपाने (नाना), सचीव कविराज भुसाल, सहसचिव रमेश न्यौपाने, कोषाध्यक्ष आत्मराम भण्डारी (गोकुल) लगायत रहनुभएको छ ।

    बाध्यतामा शहर झरेका युवाले गाउँ नभुलुन भन्ने स्मरण गर्दै कोख देखी शोक सम्म, रोड देखी महल सम्म सेवामा लाग्ने उदेश्य सहित यो समूह गठन गरिएको अध्यक्ष भण्डारीले बताउनु भयो । आज पनि कोहि सहयोग गर्ने मन भएर नपाएका र कोहि सहयोग नपाएर उपचार नपाएका हरुलाई यस सस्थाले हातेमालो गर्ने नवनिर्वाचित सचीवको दावी छ ।

    कार्यक्रममा डा. वसन्त श्रेष्ठको बिशिस्ट आतिथ्यता रहेको थियो भने युहाहरुको उल्लासमय सहभागीता रहेको थियो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय