• एकै पटक ५९ सहसचिवको सरुवा, को कहाँ पुगे ?

  • काठमाडौं । सरकारले एकै पटक ठूलो संख्यामा सहसचिवहरुको सरुवा गरेको छ । सरकारले विभिन्न ५९ सहसचिवको एकैसाथ सरुवा गरेको हो । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले संघीय मन्त्रालय तथा कार्यालय र प्रदेशमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो । 

    सहसचिवहरू मदन दाहाल, यमुना प्रधान, गोपिकृष्ण कोइराला, महेश भट्टराईलाई अर्थ मन्त्रालय ल्याइएको छ भने अर्थ र अन्तर्गतका टंक पाण्डे, रितेश शाक्य, डुण्डी निरौला, नारायण सापकोटालाई अन्यत्र सरुवा गरिएको स्रोतले जानकारी दिएको छ । त्यस्तै, कृष्ण कुमारी क्षेष्ठ, सुमन दाहाल, चण्डी घिमिरे, यमलाल भुसाल प्रधानमन्त्री कार्यालय भित्रिएका छन् भने त्यहाँका अर्जुन भण्डारी, चक्र बुढा, कमल भट्टराईलाई बाहिर निकालिएको छ ।

    परराष्ट्र मन्त्रालयको दरबन्दीमा रहेका नारायण भट्ट र नवराज ढुंगानाको पनि सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६३ जनाको सूची पठाएको थियो । यद्यपि, सबैमा निर्णय नभएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी  दिएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय