• राष्ट्रिय सभामा विवेकशील साझाले भोट नहाल्ने

  • राष्ट्रिय सभाको उपनिर्वाचनमा विवेकशील साझा पार्टीले भोट नखसाल्ने भएको छ।

    विवेकशील साझाका बागमती प्रदेश सांसद रमेश पौड्यालले विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् ।
    विवेकशील साझाका बागमती प्रदेशमा रहेका तीन सांसद मतदाता रहेका छन् ।
    ‘चुनावी मैदानमा प्रतिस्पर्धारत तिनै जना उम्मेदवारहरूबाट राष्ट्रिय सभामा हामीले अपेक्षा गरेको भूमिका निर्वाह हुनेछ भन्नेमा आश्वस्त हुन नसकेकोले विवेकशील साझा पार्टीले यस निर्वाचन प्रक्रियामा सामेल नहुने निर्णय गरेको छ।’ विज्ञप्तिमा भनिएको छ ।

    पार्टीले स्थापनाकालदेखि नै उठाउँदै आएको मतपत्रमा ‘नो भोट’ को विकल्प शीघ्र लागु गर्न पनि सरकार र निर्वाचन आयोग समक्ष माग गरेको छ।

    विवेकशील साझाले सर्वोच्च अदालतले २०७० पौष २१ गते सरकारका नाममा मतपत्रमा ‘नो भोट’ को व्यवस्था गर्न निर्देशनात्मक आदेश जारी गरेको स्मरण गराउँदै सात वर्ष भन्दा बढी भइसक्दा पनि उक्त आदेशको कार्यान्वयनमा सरकार र निर्वाचन आयोग उदासीन रहेको आरोप लगाएको छ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय