• कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा ठूलो पानी पर्ने सम्भावना

  • काठमाण्डौ – अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार आज देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।

    कोशी, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँहरु तथा बाँकी प्रदेशका थोरै ठाउँहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ ।

    ठूलो पानी पर्ने ठाउँमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा  भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न महाशाखाले अनुरोध गरेको छ । 

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय