• रेसुङ्गा बहुमुखी क्याम्पसमा स्नातक प्रथम वर्षमा पढ्नेलाई नगरपालिकाले निःशुल्क भर्ना गरिदिने

  • गुल्मी – गुल्मीको रेसुङ्गा नगरपालिकाले रेसुङ्गा बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा अध्ययन गर्नेलाई निःशुल्क भर्ना गरिदिने भएको छ ।

    सदरमुकाम  तम्घासमा रहेको रेसुङ्गा बुहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा भर्नाबापतको प्रति विद्यार्थी पाँच हजार रुपैयाँ नगरपालिकाले तिरिदिने भएको हो । क्याम्पसमा विद्यार्थीको सङ्ख्या निकै घटिरहेकाले विद्यार्थीलाई भर्नाबापतको रकम निःशुल्क गरेर आफूहरूले तिरिदिने नगरपालिका प्रमुख खिलराज पन्थीले जानकारी दिनुभयो ।

    क्याम्पसमा अहिले सात सय ७९ जना विद्यार्थी छन् । रेसुङ्गा नगरपालिकाले क्याम्पसमा यसअघि दुई चरणमा गरी एक करोड रुपैयाँ आर्थिक सहयोग गरिससकेको छ । तलब दिन नसकेपछि रेसुङ्गा बहुमुखी क्याम्पसले यसअघि नै सङ्कटकाल घोषणा गरेर केही उपप्रध्यापकलाई हटाएको थियो ।

    source : ujyaalo online

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय