• बाग्लुङ पहिरो : थप दुई जनाको शव फेला, एक जना अझै बेपत्ता

  • काठमाण्डौ – गएको मङ्गलवार बिहान बाग्लुङको बडीगाड गाउँपालिका–१० आरुपाटामा खसेको पहिरोमा परेर बेपत्तामध्ये थप एक जनाको शव फेला परेको छ । एक जना अझै बेपत्ता छन् । पहिरोमा परेर बेपत्ता ११ वर्षीय मनोज बुढाको शव हिजो बेलुकी भेटिएको प्रहरीले जनाएको छ ।

    योसहित आरुपाटाको पहिरोमो ज्यान गुमाउनेको सङ्ख्या ९ पुगेको छ । ११ वर्षीय सुमन थापा अझै बेपत्ता छन् । उनको खोजी भैरहेको प्रहरीले जनाएको छ । पहिरोमा परेर घाइते भएकामध्ये ३ जनाको काठमाण्डौमा उपचार भइरहेको छ । 

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय