• फेरिएको मेरो असार

    २०८१ श्रावण २३, बुधबार ११:१५ मा प्रकाशित
  • सरिता अधिकारी | दुवैतिर खहरेखोला बिचमा एउटा सानो कटेरो (खरले छाएको सानो घर) मा बिताएका पल मेरो लागि अविस्मरणीय छ । गुल्मी जिल्लाको एक गाँउमा मेरो जन्म भएको हो । त्यो समयमा म सँग ठुलो परिवार थियो । हजुरबुवा, हजुरआमा, बुवा, आमा, ३ जना काका, ३ जना काकी , २ जना फुपु अनि हामी छोराछोरी । हलगोरु, गाई भैंसि, बाँख्रा गोठभरी हुन्थे । घर र बेसी गर्नुपथ्र्यो । घरबारि माथि गाँउमा त खेत तल बेसीमा छ । करिब १ घण्टा ओरालोपछी बेसीमा पुगिन्छ । खेत रोप्ने समएमा बेसीमै गोठसारी साना बच्चा आमासहित र हजुरबुवा बेसीमै बस्ने गर्थ्यौ ।


    म जेठो छोराको कान्छी छोरी हो । असार विद्यालय विदाहुने हुदा कहिले घर र्हेने (घर बस्ने अरु खेतमा जाने) त कहिले भाई बहिनी हेरचाह गर्नेकाम जिम्मामा पर्थ्यो । कुनै वर्ष असार महिना त हेरचाहमानै बित्ने गर्थ्यो । हलगोरुलाई पुग्नेमानिस घरमै भएरहोला खेतरा खासै चाहिदैनथ्यो । महिनाभरि लगाएर खेत रोपिन्थ्यो । मुख्ये बा कि नातिनी भन्दा गर्व लाग्थ्यो र लाग्छ । निकै मेहनती मेरा बा (हजुरबुवा) प्रेरणाको खानी हुनुहुन्छ । भाँच्ने भएको मकै खेतमा हुन्थ्यो । मेलो बनाउदै रोप्दै गर्नुपथ्यो । खाजामा उसिनेको वा पोलेको मकै टुट्दैनथ्यो । खेत रोप्दा भात त हुन्थ्यो नै । असारमा पानी परेन भन्ने कहिल्यै सुनिएन । झमझम पानी पर्थ्यो । खेत रोप्न सजिलो हुन्थ्यो तर खरले छाएको कटेरकोको छाना तपतप चुहन्थ्यिो तर बाआमाको असन्तुष्टि कहिले देखएिन ।


    कटेरो दुई तलाको थियो । तलपट्टी गाईबस्तु बाध्ने र अलिकति खाना पकाउने ठाँउ थियो । हजुरआमाले घरबाट कुटुरो बनाउदै कुटपिस गरेको रासन पठाउने गर्नुहुन्थ्यो । कुटुरो फुकाउदै पकाउदै गर्नुहुन्थ्यो । आजकलका चलचित्र त्यहाँ त्यतिबेला वास्तविकनै थिए । रासन तलतिर पकाउने, खाने गरिन्थ्यो । ढुङ्गाको त्यो अगेनामा भरभर गर्दै आगो बल्थ्यो । भरभर गर्दा को पहुना आउने हुन भन्नुहन्थ्यो मेरा हजुरबवा । अगेनोको छेउमै खै ले ले आगो जुको आएछ भन्दै पोल्नु हुन्थ्यो । कटेरो नजिकैहुँदा पनि खाजा खेतमै खाइन्थ्यो । चाहे पानी परोस या घाम सबै काममा व्यस्त हुन्थे । छाता एउटा दुईटा मात्र हुन्थे । हजुरबुवाले बर्खालाई चाहिन्छ भनेर बनाएका सेउ (ओरो पनि भनिन्छ) ओडनु हुन्थ्यो जसमा भुटुकका पात वर्षेनी फेर्नुहुन्थ्यो । सेउ ओडदै बासको छहारीमा खेतकै पनीले हात धुँदै खाजा खानुहुन्थ्यो । मेरो हजुरबुवा बेसिको खाजा, खाना आफै बनाउनुहुन्थ्यो ।

    हजुरआमा घर समाल्नुहुन्थ्यो । कहिले काँहीमात्र हजुरआमा बेसी झरेको याद छ । अरु सबै काममा व्यस्त हुनुहुन्थ्यो । खेतमा खाजाखान मलाई असाध्यै रहर हुन्थ्यो । सोही समयमा बच्चालाई दुध खुवाउने हुँदा म पनि खेतमा जान पाउँथे । यही मौका छोपेर बीउ समाएर रोप्न सिक्थे । आलिगावा( डिलमा मात्र ) लगाउदै जाउँ भन्नुहुन्थ्यो सोहीअनुसार नै गर्थे । भाइबहिनी दुधले अघाउथे अनि बोकेर पुग्थे कटेरोमा । रेडियोसमेत नटिप्ने मेरो बेसी झ्याउकिरी, भ्यागुता र खोलाको आवाजले गुञ्जिरहन्थ्यो ।


    जब साँझ पथ्र्यो घर जान सक्ने घर जाननसक्ने र हजुरबुवा बेसीमै बस्नु पथ्र्यो । म त सक्ने थिएहोला तर मलाई बस्नु पथ्र्यो । त्यसरी घर जाने हाम्रो परिवार मात्र थिएन । थापा माइलाबाका, जिम्मालबाका, पुरुमपाटेका पनि थिए । बेसीबाट हेर्दा लावा लस्कर देखन्थ्यिो घाँसका साना साना मुठासहित उकालिएको दृष्य । कोही नाकेधाराको उकालो त कोही कुभिन्डे तिर लाग्थे । सार्कीपाटा नपुग्दा सम्म बाले खहरे खोला कत्रो छ भन्दै र्हेनुहुन्थ्यो । बेँसी बस्दा बस्दा दिक्क लाग्ने रहेछ केरे मलाई । मैले जान्छु भन्ने रहेछु तिजमा १०, २० रुपिया दिउँला भन्दै फकाउनु हुन्थ्यो । काका, काकी र म चाँही मख्ख पर्दै जोड्दै गर्थे । तिजसम्म काका काकी भुलिसक्नुहुने रहेछ म चाँही आस गरेकीहुदा नपाउँदा निरास हुन्थे । एकदिनको कुरा हो साँझको समय थियो पानी परेको पर्यौई थियो ।कपडा सिमित हुन्थे । भाईको कपडा सकिएछन क्यारे । काकिले म संग पछ्यौरा माग्दै भन्नुभयो तिमीलाई ठुलो भएर विदेश जान्छ अनि ल्याइदिन्छ ल्याउल्याउ । मैले दिए भाई मेरो पछ्यौरामा गुटुमुटु भयो र आन्नदले निदायो । संयोग भनौ भाई अहिले विदेशमानै छ । उ खुसि छ म उनिहरुको खुसि देखेर अझबढी खुसि छु ।


    कटेरोको माथिल्लो तलामा जादा आन्नद लाग्थ्यो । सुत्ने बिस्तारा, भिजेका कपडा झुन्डाउने र बस्ने ठाँउ थियो ,अलिकति बारेको थियो । बाहिर हजुरबुवा भित्र हामी सुत्थ्यौ । खरले छाएको त्यो छानाले कति थेगोस तप तप पानी चुहिन्थ्यो । कुनै ठाँउमा कचौरा कुनैमा थाल त कुनैमा गमला थाप्थ्यौँ । त्यो मिठो आवजसगै कतिखेर निदाईन्थ्यो पत्तै हुदैनथ्यो । बिहान घरबाट के के लिएर आउछन जस्तो लाग्थ्यो मलाई । दिउँसोको लागि मेला कस्तो छ, रातभरिको पनीले रोपो के कस्तो गर्यो बिहानभरी हजुरबुवाको काम हुन्थ्यो । घरबाट मान्छे आएपछि दैनिकी सुरु हुन्थ्यो । यसरिनै असार १ महिना बेसीमा बित्थ्यो ।


    जब पढनको लागि घर छोडियो त्यसपछि त्यो अवसर कहिल्यै आएन । पहिले बाध्यता थियो अब रहर बनसिकेको छ । आज त्यहि ठाँउमा परिस्थिति फरक छ । देख्दा त समयसगैं म पनि फेरिएकी छु । भौतिक बस्तु फेरिएको हो तर झमझम पानि पर्दा कटेरोको याद फेरिएको छैन, हाल म सरकारी सेवामा काम गर्छु, काम त कामनै र्गछु तर फेरिएको छ । परिवार त परिवार नै छ तर त्यतीबेला आफ्नो लाग्ने परिवारमा अटाउन सकिएको छैन । समए त असारनै हो तर परिस्थिति फेरिएको छ । मेरो जस्तो असार ग्रामीण क्षेत्रमा हुर्किएका धेरैको होला । हिजो देखि काठमाडौँमा पानी पर्दा त्यही कटेरोको याद मानसपटलमा घुमिरहेको छ । गाँउमा आमाले पहिरो गयो भन्दा मेरो मनमा पहिरो जान्छ । आफु हुर्किएको गाँउ र समय विशेष सबैलाई लाग्छ ।

    सिफारिस