• शेयर बजार २० अङ्कले घट्यो, कारोबार रकम भने साढे १९ अर्ब रुपैयाँभन्दा धेरै

  • काठमाण्डाै – हिजो एक सय तीन अङ्कले बढेको शेयर बजार आज घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २० दशमलव ४६ अङ्कले घटेर दुई हजार ६ सय ६१ दशमलव शून्य नौ विन्दुमा झरेको छ । खुलेको एक मिनेटमै दुई हजार सात सय ३७ विन्दुमा पुगेको शेयर बजार दिनभरको उतारचढावबीच घटेको हो ।

    आज फाइनान्स र जलविद्युत् बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, माइक्रोफाइनान्स, व्यापार, विकास बैंक, उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

    आज आरम्भ चौतारी लघुवित्त कम्पनीको शेयर आठ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन नेपाल फाइनान्स कम्पनीको शेयर भने नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।

    आज बजार ओरालो लागे पनि कारोबार रकम भने ३५ महिनायताकै उच्च भएको छ । आज तीन सय २५ वटा कम्पनीका चार करोड ७७ लाख कित्ता शेयर १९ अर्ब ६० करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको ६१ करोड १२ लाख र कुमारी बैंकको ५५ करोड २२ लाख रुपैयाँको शेयर किनबेच भयो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय