• अघिल्लो हप्ता रोकिएको मौद्रिक नीति आज सार्वजनिक गर्ने तयारी

  • काठमाण्डौ – नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि आज मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ।

    यसअघि स्थगित भएको मौद्रिक नीति आज सार्वजनिक गर्न लागिएको हो । कांग्रेस–एमालेको समीकरणपछि बनेको नयाँ सरकारले मौद्रिक नीतिकाबारे केही अध्ययन गर्न बाँकी रहेको भन्दै अघिल्लो हप्ता शुक्रवार सार्वजनिक गर्ने कार्यक्रम स्थगित गरिएको थियो ।

    मौद्रिक नीतिको मस्यौदा राष्ट्र बैंकको व्यवस्थापन समूहले यसअघि नै टुङ्ग्याइसकेको छ । आज सञ्चालक समितिको बैठक बसेपछि मौद्रिक नीति सार्वजनिक गर्ने राष्टङ बैंकको तयारी छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षमा कर्जा विस्तार गर्ने गरी मौद्रिक नीतिको मस्यौदा तयार गरेको छ ।

    बैंकमा लगानीयोग्य रकम थुप्रने क्रम बढ्दै गएकाले कर्जा बढाउने नीतिका साथ मौद्रिक नीति ल्याउन लागिएको हो । अर्थतन्त्र शिथिल बनिरहेको र बैंक तथा वित्तीय संस्थाबाट पुँजी प्रवाह नभइरहेको अवस्थामा मौद्रिक नीतिले कस्तो कार्यदिशा लिन्छ भन्ने आमचासो बनेको छ ।

    विशेष गरेर घरजग्गा कारोबार, शेयर कारोबार र बैंकको कर्जा तिर्नको लागि लचिलो मौद्रिक नीति आउनेगरी मस्यौदा तयार भएको छ । अर्थतन्त्र चलायमान हुने गरी मौद्रिक नीति ल्याउनुपर्नेमा विज्ञहरुले जोड दिँदै आएका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय