• रामेछापमा रोपाइँ सकेर आएका एकै घरका तीन किशोरी पहिरोमा पुरिए

  • रामेछाप ।  रामेछापमा पहिरोमा पुरिएर तीन किशोरीको ज्यान गएको छ ।  गोकुलगंगा गाउँपालिका–६ फर्पुमा गए राति पहिरोमा परेर तीन किशोरीको ज्यान गएको प्रहरीले जनाएको छ । 

    स्थानीय बिमा तामाङ्गको घर माथिबाट आएको पहिरोले पुरेर घरभित्र आगो ताप्दै गरेका १७ वर्षकी सीता तामाङ्ग, १४ वर्षकी आसिका तामाङ्ग र १३ वर्षकी लक्ष्मी तामाङ्गको मृत्यु भएको हो । स्थानीय गोपी तामाङ्गका अनुसार रोपाईं गरेर घर आएका तीन जना किशोरीहरु आगो बालेर ताप्दै गर्दा घर माथिको डिस्को भत्किएर लेदो घरभित्र पस्दा पुरिएर तीनै जनाको मृत्यु भएको हो ।

    पहिरोले घर पुरिएको सूचना पाउना साथ जिल्ला सदरमुकाम मन्थलीबाट सहायक प्रमुख जिल्ला अधिकारी किसान न्यौपानेको नेतृत्वमा नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना समेतको उद्धार टोली गाउँतर्फ पठाइएको रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले बताए । 

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय