• सौर्यको जहाजको आगो निभाउने प्रयास जारी, क्याप्टेनलाई उद्धार गरी लगियो अस्पताल

  • काठमाडौं । त्रिभुवन विमानस्थलमा दुर्घटना भएको सौर्य एयरलाइन्सको जहाजमा लागेको आगो नियन्त्रणका लागि उद्धार टोली सक्रिय रहेको छ । जहाजभित्र रहेका यात्रुहरू जोखिम अवस्थामा देखिएका छन् ।

    जहाजको दुई ठाउँबाट धुवाको मुस्लो निस्केको छ । यसले जहाजको एउटा टुक्रा उछिट्टिएको देखिएको छ । जहाजमा आगो लागे लगत्तै विमानस्थलभित्र उद्धार टोली र प्रहरी परिचालित भएका थिए । अग्निनियन्त्रकले पानी हालेर आगो निभाइरहेका छन् ।

    जहाजभित्र कति यात्रु छन् भन्ने खुलेको छैन । जहाजका क्याप्टेन ३७ वर्षीय मनीष शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा लगिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले जानकारी दिए । बुधबार बिहान करिब ११ बजे जहाज दुर्घटनामा परेको थियो । जहाजबाट धुवाँ आएको देखिएपछि उद्धारका लागि प्रहरी र नेपाली सेना परिचालन गरिएको छ । घटनाको विस्तृत विवरण आइसकेको छैन ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय