काठमाडौं । कोरोना भाइरस संक्रमणबाट नेपालमा पछिल्लो २४ घन्टामा २४६ जनाको मृत्यु भएको छ ।
यो नेपालमा एकै दिन भएको सर्वाधिक मृत्यु हो । यसअघि वैशाख २८ गते २२५ जनाको मृत्यु भएको थियो ।
यसैगरी पछिल्लो २४ घण्टामा थप ८ हजार १७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पीसीआर विधिबाट ८ हजार ६४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०९ गरी ८,१७३ जना संक्रमित भेटिएका हुन् । २४ घण्टामा ७, ९८९ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन्।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
सिफारिस
लोकप्रिय