• यी १० जना बने पहिलोपटक मन्त्री 

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहितको २२ सदस्यीय वर्तमान मन्त्रिपरिषद्‌मा १० नयाँ अनुहार छन् । यो मन्त्रिपरिषद्‌मा चौथोपटक प्रधानमन्त्री रहेका ओली, १७ पल्ट मन्त्री बनेका शरतसिंह भण्डारी, सातचोटिका विष्णु पौडेलसहित पटक–पटक मन्त्री बनेका प्रकाशमान सिंहलगायत १२ पुराना अनुहार पनि छन् ।

    मन्त्रिपरिषद्‌मा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गरेका नयाँ अनुहार धेरै छन् । कांग्रेसको संस्थापन पक्षले सिफारिस गरेका मध्ये सभापति शेरबहादुर देउवापत्नी समेत रहेकी परराष्ट्रमन्त्री आरजु राणा र वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही नयाँ अनुहार हुन् ।

    संस्थापनइतर समूहको सिफारिसमा मन्त्री बनेका चारैजना नयाँ अनुहार छन् । कांग्रेस सहमहामन्त्री समेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, स्वास्थ्य तथा नजसंख्यामन्त्री प्रदीप पौडेल, कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी र युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी चारैजना नयाँ अनुहार हुन् ।

    यस्तै, नेकपा (एमाले)का तर्फबाट रक्षामन्त्री मानवीर राई, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता नयाँ अनुहार छन् ।

    मन्त्रिपरिषद्‌मा नयाँ अनुहारको सूची हेर्नोस्– 
    १. बद्री पाण्डे – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
    २. प्रदीप पौडेल – स्वास्थ्य तथा जनसंख्या
    ३. रामनाथ अधिकारी – कृषि तथा पशुपन्छी विकास
    ४. ऐनबहादुर शाही – वन तथा वातावरण
    ५. तेजुलाल चौधरी – युवा तथा खेलकुद
    ६. आरजु राणा – परराष्ट्र
    ७. मानवीर राई – रक्षा
    ८. विद्या भट्टराई – शिक्षा, विज्ञान तथा प्रविधि
    ९. देवेन्द्र दाहाल – भौतिक पूर्वाधार तथा यातायात
    १०. राजकुमार गुप्ता – संघीय मामिला तथा सामान्य प्रशासन

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय