• शेयर बजार ५३ अङ्कले बढेर २६ महिनायताकै उच्च विन्दुमा

  • काठमाण्डाै – नयाँ सरकार गठनको पूर्वसन्ध्यामा शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५२ दशमलव ९७ अङ्कले बढेर दुई हजार दुई सय ५७ दशमलव ५९ विन्दुमा पुगेको छ । शेयर बजार २६ महिनायताकै उच्च विन्दुमा पुगेकाे हाे । यसअघि २०७९ सालकाे वैशाख २५ गते शेयर बजार दुई हजार दुई सय ५६ दशमलव ५७ विन्दुमा पुगेको थियाे ।

    आज बैंकिङ, जलविद्युत् र व्यापार समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज रिडी पावर कम्पनी र माण्डु हाइड्रोपावरको शेयर १० प्रतिशतले बढेको छ । जानकी फाइनान्स, हिमाल दोलखा हाइड्रो र अरुण भ्याली हाइड्रोपावर कम्पनीको शेयर नाै प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । समग्रमा बजार हरियाली भएको दिन आज बलेफी हाइड्रोपावरको शेयर भने पाँच प्रतिशतभन्दा धेरैले घटेको छ ।

    आज बजारसँगै कारोबार रकम पनि बढेको छ । आज दुई करोड ४७ लाख कित्ता शेयर सात अर्ब ६२ करोड चार लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै जानकी फाइनान्सको २४ करोड २७ लाख रुपैयाँको शेयर खरिद/बिक्री भएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय