• स्थानीय तहमा लोकप्रिय बन्दै  `गुनासो´ मोबाइल एप

  • गोविन्द भुसाल । बुटवल : एमएसपी सोलुसन कम्पनी प्रा.लिले बजारमा ल्याएको मोबाइल एप्लिकेसन ‘गुनासो’ स्थानीय तहमा लोकप्रिय बनेको छ ।

    केहि समय अगाडि बजारमा ल्याएको ‘गुनासो’ नामक एप स्थानीय क्षेत्रमा बसोबास गर्ने सबैका लागि उपयोगी र सबैभन्दा रुचाइएको मोबाइल एप्लिकेसन भएको पाइएको एमएसपी सोलुसनले बताएको छ।

    यस एपमार्फत स्थानीय  तहमा रहेको कुनै पनि समस्याहरु छिटोछरितो रुपमा जानकारी पाउन सकिन्छ । यस एपबाट  कुनै पनि समस्या जस्तै  बाढी,पहिरो,आगलागी, एम्बुलेन्स, खानेपानी,बाटोबारे विस्तृत जानकारी र स्थानीय तहमा भइरहेका कामको बारेमा गुनासो सहितको सुझाव स्थानीय बासिन्दाले  सजिलै र छिटै स्थानीय तहका कर्मचारीहरु समक्ष  पठाउन सक्नेछन् ।

    लोकप्रिय बन्दै गएको  ‘गुनासो ’ बाट स्थानीयबासी र स्थानीय तहमा कार्यरत जनप्रतिनिधिसंगै स्थानीयतहका कर्मचारी सम्मको अवस्था बारेमा  बुझ्न सकिन्छ । साथसाथै यो एपबाट स्थानीय तहहरुले आफ्नो समाचार र विज्ञापन समेत  स्थानीय बासीहरुमा पठाउन सक्ने सुविधा रहेको  दाबी एमएसपि सोलुसनले गरेको छ ।

    यसका साथै जनताले पठाएको गुनासोहरु स्थानीय तहबाट समाधान भएनभएको पनि सबै पालिकाबासीहरुले हेर्न मिल्नेछ तर गोपिनियताको कारण गुनासो पेश गर्ने मान्छेको नाम भने हेर्न नमिल्ने कम्पनीले जिकिर गरेको छ । यो एपमा  आफुले पठाएको गुनासो कहाँसम्म पुग्यो भनेर समेत हेर्न सकिने छ भने स्थानीयतहका कर्मचारीको मोबाइलमा समेत नोटिफिकेसन जानेछ र तुरुन्तै  गुनासोबारेमा एक्सन लिन सकिनेछ ।

    ` गुनासो ´ एपलाई मोबाइल फोनमा डाउनलोड गर्न गुगल प्लेस्टोर अथवा एप स्टोरमा गई ‘GUNASHO’ टाइप गरी सजिलै इन्स्टल गरेर  प्रयोग गर्न सकिन्छ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय