• मोरङमा कुखुरा फर्मभित्रै सञ्चालकको विभत्स हत्या

  • मोरङ । मोरङको एक कुखुरा फर्मभित्रै सञ्चालकको हत्या भएको छ । बिहीबार बिहान करिब साढे १० बजे सुन्दरहरैंचा नगरपालिका–१ स्थित कुखुरा फर्मभित्र एक पुरूषको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए ।

    सुन्दरहरैंचा–९ बस्ने ४९ वर्षीय सहदेव बजगाईंको शव फेला परेको उनले जानकारी दिए । उनी उक्त फर्मका सञ्चालक समेत हुन् । वडा नम्बर ९ बस्ने उनी बिहीबार बिहान ८ बजेतिर घरबाट फर्ममा हिँडेका थिए ।

    मृतकको टाउको क्षतविक्षत अवस्थामा रहेको एसपी कार्कीले बताए । घटनास्थलबाट बञ्चरो र दाउ पनि फेला परेको छ । कुखुरा फर्ममा एक दम्पती समेत बस्ने गरेका थिए । उक्त दम्पती फरार रहेको प्रहरीले जनाएको छ । उनीहरूको प्रहरीले खोजी गरिरहेको छ । अहिले घटनास्थलमा एसपी कार्कीसहितको टोली खटिएका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय