• संसदीय छानबिन समितिले सहकारी पीडितहरूसँग छलफल गर्ने

  • काठमाडौं । प्रतिनिधिसभा, सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले संसद्ले दिएको कार्यादेशअनुसार आज सहकारी विभागका रजिष्ट्रार र पूर्व रजिष्ट्रारसँग छलफल गरेको छ ।

    छलफलका क्रममा रजिष्ट्रार एवं पूर्व रजिष्ट्रारले नीतिगत, संरचनागत र प्रक्रियागत सुधार गरिनुपर्नेमा जोड दिएको समिति सचिव बबिता मिश्रले जानकारी दिइन् । समितिले सरोकार भएका निकायसँग कागजात मगाएर, ती निकायका कुरा सुन्ने, बुझ्नेलगायतका अध्ययन गरिरहेको उनले बताइन् । समिति गठन भएको एक महिना पूरा भएको छ । समितिले सहकारीका पीडितसँग छलफलको तयारी गरेको छ ।

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको लामो विरोधपछि संसद्ले एक महिनाअघि समस्या देखिएका सहकारीका विषयमा अध्ययन गर्न समिति गठन गरेको थियो । समितिलाई समस्यामा परेका बचतकर्ताको रकमका बारेमा अध्ययन गरी सिफारिस गर्ने, बचत फिर्ताको अवस्थाबारे अध्ययन गर्ने, रकम हिनामिना भएको भनिएका सहकारीबाट गोरखा मिडिया नेटवर्कमा रकम पठाउँदा कानुनबमोजिम प्रक्रिया पूरा भए, नभएको अध्ययन गर्नेलगायत जिम्मेवारी दिइएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय