• जसपाका मन्त्रीको राजीनामा चार दिनपछि स्वीकृत, प्रधानमन्त्रीको काँधमा १० मन्त्रालय

  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अशोककुमार राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का मन्त्रीले दिएको राजीनामा चार दिनपछि स्वीकृत गरेका छन् । सरकारलाई दिएको समर्थन फिर्ता लिँदै जसपाका तीन मन्त्रीले असार २१ गते साँझ राजीनामा बुझाएका थिए ।

    उनीहरुको राजीनामा स्वीकृत भएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले सबै मन्त्रालयको जिम्मा प्रधानमन्त्री प्रचण्डले समहाल्नेगरी तोकेका छन् । जसपाबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादव, वन तथा वातावरण मन्त्री नवलकिसोर साह सुडी र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हसिना खानले प्रधानमन्त्रीसमक्ष राजीनामा दिएका थिए ।

    अशोक राई नेतृत्वको जसपाले कांग्रेस एमालेको नयाँ गठबन्धनलाई सहयोग गर्ने निर्णय गरिसकेको छ । यसअघि एमालेका आठ मन्त्रीले छाडेका मन्त्रालय पनि प्रधानमन्त्री स्वयंले सम्हालिरहेका छन् । अब प्रचण्ड सरकारमा माओवादी, रास्वपा र नेकपा एसका मन्त्री मात्र छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस