• केपी ओली संविधानको धारा ७६ (२) बमोजिम नै प्रधानमन्त्री बन्नुहुन्छ : कांग्रेस

  • काठमाण्डाै – नेपाली कांग्रेसले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने नयाँ सरकार नेपालको संविधानको धारा ७६ (२) बमोजिम नै बन्ने बताएको छ ।

    आज बसेको पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक रमेश लेखकले ओली नेतृत्वको सरकार नेपालको संविधानको धारा ७६ (२) बमोजिम बन्ने बताउनुभएको हो । संविधानको धारा ७६ को २ मा सरकार गठन भइसकेपछि ७६ को २ बमोजिम नियुक्त हुने प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने र त्यो काम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूरा गरिसक्नुभएको बताउनुभयो ।

    प्रमुख सचेतक लेखकले प्रधानमन्त्री प्रचण्डले असार २८ गते लिने विश्वासको मतको विपक्षमा पार्टीले मतदान गर्ने निर्णय गरेको पनि सुनाउनुभयाे । उहाँले बैठकले कांग्रेस र एमालेबीच यही असार १७ गते राष्ट्रिय सहमतिको सरकार निर्माण गरेर सहमति भएको र आजको संसदीय दलको बैठकले त्याे सहमतिलाई समर्थन र स्वागत गरेको उल्लेख गर्नुभयाे ।

    लेखकका अनुसार बैठकले अविरल वर्षाका कारण देशभर बाढी, पहिरो, डुबानको समस्या उत्पन्न भई नागरिकको जीवन असहज भएको भन्दै यसतर्फ सरकारकाे ध्यानाकर्षण गर्ने निर्णय गरेकाे छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय