काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का नेता घनश्याम भुसालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने बताएका छन् । आज (बिहीबार) महाधिवेशनस्थल कमलादीमा पत्रकारहरुसँग कुरा गर्दै उनले आफूहरु पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारबाट फिर्ता नहुने बताए । उनले प्रधानमन्त्रीलाई आफूहरुको समर्थन जारी रहेको बताए ।
पार्टीको नेतृत्व सर्वसहमतीमा टुंग्याउने प्रयास भइरहेको पनि उनले जानकारी दिएका छन् । भसालले महाधिवेशनबाट निस्कँदै गर्दा पार्टीलाई एकतावद्ध र उत्साहित कसरी बनाउने भन्नेमा नै प्रतिनिधिहरुको चासो, चिन्ता र संकल्प रहेको भन्दै आफूहरु त्यसै अनुरुप अगाडि बढेको बताए । उनले आफूहरुले भरसक निर्वाचनमा जान नचाहेको बताएका छन् ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।