• पोषराज पोखरेल एआईजीमा बढुवा सिफारिस

  • काठमाडौं । प्रहरी नायब महानिरीक्षक (डीआईजी) पोषराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।

    आज (सोमबार) बसेको बढुवा समितिको बैठकले रिक्त अतिरिक्त महानिरीक्षक पदमा पोखरेललाई बढुवाका लागि सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रहरी नियमावली, २०७१ (संशोधनसहित)को नियम २७ को उप–नियम ९४० अनुसार उनलाई बढुवा सिफारिस गरिएको हो ।

    उनको प्रहरी प्रधान कार्यालयअन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय नक्सालमा दरबन्दी छ । एआइजी बढुवा समितिमा गृहमन्त्रालयका सचिव अध्यक्ष र प्रधानमन्त्री कार्यालयका सचिव सदस्य रहने छन् । प्रहरी महानिरीक्षक सदस्य सचिव रहने व्यवस्था छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस