• संसदीय छानबिन समितिको कार्यादेश टुङ्गाे लाग्याे, गोरखा मिडिया नेटवर्कमा पैसा गएका सहकारीको पनि छानबिन हुने

  • काठमाण्डाै – सहकारीको रकम अपचलनबारे छानबिन गर्न गठन गर्ने भनिएको संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुङ्गो लागेको छ । केही बेरअघि सम्पन्न कार्यदलको बैठकले संसदीय समितिको चार बुँदे टीओआर टुङ्गो लगाएको कार्यदल सदस्य महेश बर्तौलाले जानकारी दिनुभयो ।

    कार्यादेशमा समग्र सहकारीको संरचनात्मक समस्या हेर्ने, समस्याग्रस्त सहकारीको विषय हेर्ने, गोरखा मिडिया नेटवर्कसँग सम्बन्धित व्यक्तिमाथि छानबिन गर्ने र गोरखा मिडिया नेटवर्कमा पैसा गएका सहकारीको छानबिन गर्ने गरी चार बुँदे सहमति भएको छ ।

    संसदीय समितिले २० वटा समस्याग्रस्त र गैरकानुनी तरिकाले लगानी गर्ने नौ वटा सहकारी संस्थाको छानबिन गर्नेछ । संसदीय समितिले सहकारी संस्थाहरूमा देखिएको सङ्कट तथा यससँग जोडिएको कानुनी र संस्थागत प्रयोजन एवम् वित्तीय प्रणालीको नियमन, सुपरिवेक्षण र पारदर्शिता सम्बन्धमा अध्ययन गरी सुझाव दिने सहमति भएको छ । सहमतिसँगै अनुसूचीमा समस्याग्रस्त र सावजनिक रूपमा प्रश्न उठेका सहकारीको नाम पनि राखिएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय