• लुम्बिनीमा जसपा नेपालले फिर्ता लियो सरकारलाई दिएको समर्थन

  • काठमाडौं । लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै प्रतिपक्षमा बस्ने निर्णय गरेको हो ।

    पार्टीले दिएको निर्णय कार्यान्वयन गर्दै प्रदेश संसदीय दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जसपा नेपालकी प्रमुख सचेतक अम्बिका काफ्लेले आइतवार विज्ञप्ति जारी गर्दै जनाएकी छिन् । यसअघि गत जेठ ५ गते बसेको पार्टीको लुम्बिनी प्रदेश समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

    ‘संविधानको धारा १८८ को उपधारा २ अनुसार प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिन सक्ने व्यवस्था छ । यसर्थ जसपा नेपाल लुम्बिनी प्रदेशसभा संसदीय दललाई सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन पार्टीले दिइसकेको छ,’ विज्ञप्तिमा उल्लेख छ । पार्टीका दुई जना प्रदेशसभा सदस्यमध्ये भण्डारीलाल अहिर र आदेश अग्रवालले भने अशोक राई नेतृत्वको जसपा रोजेका थिए । अहिर प्रदेश सरकारका कृषिमन्त्री छन् । यद्यपि यस दलको फुटबारे सर्वोच्चमा मुद्दा विचाराधीन अवस्थामा छ ।

    j 1

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस