• भूकम्पको प्रभाव: लम्जुङ्‍‌मा ७ घर भत्किए

  • लमजुङको उत्तरी क्षेत्र खुदी भुलभुले केन्द्रविन्दु भएर बुधबार बिहान गएको भूकम्पले सात घर भत्किनुका साथै तीन जना घाइते भएका छन् । 
     
    जिल्ला प्रहरी कार्यालय, लमजुङका प्रहरी नायब उपरिक्षक (डिएसपी) गंगा थापाले जिल्लाभर ७ घर आंशिक रुपमा भत्केका र तीन जना सामान्य घाइते भएको जानकारी दिए ।

    उनका अनुसार घर भत्किँदा बेंसीसहर नगरपालिका–६ चनौटेकी ३६ वर्षीया उमा गुरुङ र बेंसीसहर–११ रामचोकबेंसीकी ८७ वर्षीया खोपकुमारी पाण्डेलगायत घाइते भएका हुन ।
     
    घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । 
    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ५ः४२ बजे लमजुङको भुलभुले आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
     
    भूकम्पको धक्का लमजुङ, गोरखा, तनहुँ, कास्की, मनाङ, चितवन, धादिङ र काठमाडौँ उपत्यकामा समेत महसुस गरिएको थियो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय