• बडिगाड गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

    २०८१ असार ९, शनिबार २०:३७ मा प्रकाशित
  •  बागलुङको बडिगाड गाउँपालिकालाई पूणर् खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ ।

    गाउँपालिकाले १६ देखि २३ महिनासम्मका बालबालिकाहरुलाई १५ महिनाको उमेरभित्र पाउनुपर्ने सबै खाले खोप लगाई पूणर् खोप पाएको सुनिश्चित गरेको हुँदा एक कार्यक्रमबीच पूणर् खोपयुक्त गाउँपालिका घोषणा गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विजय केसीले जानकारी दिनुभयो ।

    पहिलो चरणमा पालिकाका सबै वडालाई पूणर् खोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्याङ्क र सूचकका आधारमा पूणर् खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको गाउँपालिकाका जनस्वास्थ्य निरिक्षक हेम पुनले जानकारी दिनुभयो ।

    स्वास्थ्य शाखाले दिगोपना र पूणर् खोप सुनिश्चितताका लागि हरेक वर्ष चैतमा नियमित खोपको घरभेट सर्वेक्षण गरी उमेरअनुसार खोप पाए/नपाएको यकिन गरेर खोप लगाउन छुटेको पाइएमा वैशाख महिनामा खोप दिने प्रक्रियाअनुरुप खोप दिने व्यवस्था गरेको छ ।

    सबै सर्तहरू पूरा गरी गाउँपालिकालाई पूणर् खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको हो । गाउँपालिकामा १ हजार ७ सय ३४ जना बालबालिकाहरुले पूणर् मात्रामा खोप लगाएको पालिकाले सर्वेक्षण गरेको तथ्याङ्क रहेको छ । सोही तथ्याङ्कका आधारमा पालिकाका करिब ९९.८० प्रतिशतमा पूणर् खोप पुगेको र घोषणाका लागि जिल्ला समन्वय समितिसमक्ष पेस गरिएको तथा स्वीकृत भई घोषणा गरिएको हो ।

    गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले सबैको प्रयासबाट गाउँपालिकालकाई पूणर् खोप सुनिश्चितता तथा दिगोपना भएको घोषणा गर्नुभयो । उहाँले १० वटै वडामा कार्यरत स्वास्थ्यकर्मीहरु र जनप्रतिनिधिहरुको अथक प्रयास सार्थक भएको भन्दै सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।

    पालिकामा रहेका जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरुले पूणर् खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको र आगामी दिनमा पनि पनि यो प्रक्रिया कायम राख्ने प्रतिबद्धता पत्रमा सामुहिक हस्ताक्षर गरेका थिए ।

    कार्यक्रममा बडिगाड गाउँपालिका अध्यक्ष थापा सहित उपाध्यक्ष भिमसेन वन, प्रमुख प्रशाशकीय अधिकृत मुक्ति पौडेल लगायतको उपस्थिति रहेको थियो । बडिगाड गाउँपालिकामा ७ वटा स्वास्थ्य चौकी, ३ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र र ५ वटा सामुदायिक स्वास्थ्य ईकाई रहेका छन् ।

    सिफारिस
    लोकप्रिय