• यस्तो छ गुल्मीको छत्रकोट गाउँपालिकाको नीति तथा कार्यक्रम

  • गुल्मी , असार ४ । गुल्मीको छत्रकोट गाउँपालिकाले यस अघि खनिएका मोटरबाटाहरुको स्तरोन्नती नगरी नयाँ सडक नखोल्ने नीति अगाडी सारेको छ । सोमबार सो गाउँपालिकाले १८ औ गाउँसभामा आगमी आर्थिक बर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम पेश गर्दै यस्तो नीति अगाडी सारेको हो ।

    शिक्षा , कृषि र पुर्वधार , सुशासन सहितको समृद्ध छत्रकोट हाम्रो आधार भन्ने मुल नाराका साथ आयोजित नीति तथा कार्यक्रम सभामा पेश गर्दै त्यस गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले चालु आर्थिक बर्ष भित्र नयाँ सडकको ट्रयाक नखोल्ने , यस अवधी भित्र विभिन्न सडकहरु कालोपत्रे गर्ने नीति अगाडी सारिएको बताए ।

    भौतिक पुर्वधार विकास तर्फ अध्यक्ष पाण्डेले गाउँपालिकाको प्रशासकिय भवन दुई बर्ष भित्र सम्पन्न गर्ने गरी टेण्डर भई काम तिब्रगतिमा अगाडी बढेको , लुम्छा धरमपानी दिगाम , सातमुरे सडक अन्तरगत घडेरीटोल कालिकानगर खण्डको ८ सय मिटर सडक कालोपत्रेका लागि टेण्डर भई सकेको र आगमी आर्थिक बर्ष भित्र सम्पन्न हुने नीति तथा कार्यक्रम पेश गर्नु भएको थियो ।

    त्यस्तै बिरबास कालधारी बर्जिया सिस्ने चन्द्रकोट गाउँपालिका जोेडने सडक स्तरनोन्नती अन्तरगतै गुण्डुक देख वडा कार्यालय सम्मको ८ सय मिटर सडक चालु आर्थिक बर्षमा कालोपत्रे भई सक्ने बताए ।

    त्यस्तै पिपलनेटा दिगाम धरमपानी मानकोट गैराखुट्ट दौघा सडक अन्तरगत पिपलनेटा घडेरी टोल सम्म १ हजार १२० मिटर सडक कालोपत्रे गरिने , सोही सडक अन्तरगत वयरपोखरा देखि वडा नम्वर ३ को वडा कार्यालय सम्म ७२० मिटर कालोपत्रे चालु आर्थिक बर्ष भित्र सम्पन्न गरी सक्ने बताए ।

    रिडी तम्घास मदनभण्डारी राजमार्गको बिचमा रहेको त्यस पालिकाले ६ वटै वडामा कालोपत्रे सहितको पहुँच मार्ग बनाउने योजना अगाडी सारेको छ । कषि कार्यक्रम अन्तरगत उसले सुन्तला र उखु पकेट क्षेत्रलाई अनुसन्धान केन्द्रका रुपमा विकास गर्दै त्यसको क्षेत्र बिस्तार गर्नेमा जोड दिएको छ ।

    त्यस्तै योगदानमा आधारित कृषि अनुदान कार्याक्रमलाई थप प्रभावकारी बनाउने उसको योजना रहेको छ । त्यस्तै शैक्षिक विकास तर्फ त्यस पालिकाले अगाडी बढाएको दरबन्दी मिलान र बिद्यालय समायोजन कार्यक्रमले पछिल्लो दुई बर्षमा शैक्षिक क्षेत्रमा ह्वात्तै फडकको मारिएको पाण्डेले बताउँदै भने हामीले कार्यभार सम्हालेको आज दुई बर्ष दुई महिना भएको छ ।

    हामीले जिम्मेवारी सम्हाल्दा आधारभुत तह उतिर्ण परिक्षाको नतिजा २२ प्रतिशत थियो भने अहिले ४५ प्रतिशत पुगेको छ । उनले गाउँपालिका भर एक शिक्षक एक ल्यापटम कार्यक्रम मार्फत बिद्यालयलाई प्रविधीमैत्री बनाईने बताए ।

    त्यस्तै स्वास्थ्य तर्फ पालिका भित्रका सम्पुर्ण स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य ईकाईका भवन निर्माण कार्य चालु आर्थिक बर्ष भित्रैमा सक्ने बताउनु भयो । पुर्ण संस्थागक प्रशुती गाउँपालिका, तथा पुर्ण पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा जस्ता कार्यक्तमहरुको दिगोपनाका लागि बषेनी सुनिश्चिता गरिने बताए ।

    त्यस्तै एक घर एकधारा कार्यक्रमलाई निरन्तरता दिईएको , वडाभर कृषक संग कृषि तथा पशु प्रबिधीक अभियान सञ्चालन गरिने , बिदेशबाट फकिने युवाहरुको सिपलाई सदुपयोग गर्दै उनिहरुलाई पुनः बिदेश जान नपर्ने गरी अध्यक्ष संग रिर्टनी कार्यक्तम अगाडी सारिएको छ ।

    त्यस्तै गरिव बोरोजगारहरुको तथ्याङक तयारी गरी रोजगारीका विभिन्न कार्यक्रम अगाडी सारिएको , गरिव दलित महिलाहरुलाई विभिन्न सिपमुलक तालिम सञ्चालन गरी स्वरोजगारा बनाईने नीति तथा कार्यक्रममा उल्लेख छ । त्यस्तै आर्थिक अबस्था कम भएका परिवारलाई बिद्युत महसुल गाउँपालिकाले तिरी तिने जस्ता केहि लोकप्रिय कार्यक्रमहरु त्यस पालिकाले अगाडी सारेको छ ।

    १४८ बुँदे निति तथा कार्यक्रममा थुप्रै कुराहरु समेटेको छ । उक्त नीति तथा कार्यक्रमलाई गाउँसभाले एकमतले पारित गरेको छ । गाउँसभामा त्यस पालिका उपाध्यक्ष र सभाका सदस्य सचिव तथा प्रमुख प्रशासकिय अधिकृत बीरबहादुर कार्कीले सभाध्यक्ष मण्डलमा आशिन थिए ।

    छत्रकोटको नीति तथा कार्यक्रमको अन्य पालिकाको तुलनामा एउटा फरक के पाईयो भने नेपालको संविधानमा जातिय विभेद छुवाछुत दण्डनिय अपराध हो । जसलाई यहाँका अन्य पालिकाले अहिले सम्म त्यो अपराध हो छुवााछुद विभेद गरिए कानुनतः कार्बाही गरिने छ भनेर नीति तथा कार्यक्रममा राखेका छैनन । त्यसपालिकाको चालु आर्थिक बर्षको नीति तथा कार्यक्रममा भने उल्लेख गरेको छ ।

    त्यस्तै महिला हिंसा लगायतका विभेद अन्त्यका लागि स्वयम सेवक परिचालन लगायतका कार्यक्रम अगाडी सारिएको छ । त्यस्तै सहकारीहरुलाई नियमन गरी सहकारी ऐन र भावना विपरित कार्य गरेको भए विपरित कार्य भएको पाईए खारेजी सम्मको कार्यबाही गरिने उल्लेख छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय