• ११ महिनामा भित्रियो २९ अर्ब बढीको ११ हजार ४६६ विद्युतीय सवारी

  • काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा २९ अर्ब बढीको ११ हजार ४६६ वटा विद्युतीय गाडी नेपाल आयात भएका छन् । सरकारले विद्युतीय कारमा कर बढाउने हल्ला चलेका कारण बैशाख र जेठमा धेरै संख्यामा विद्युतीय सवारी आयात भएको पाइएको छ ।

    चालु आवको १० महिना साउनदेखि बैशाखसम्ममा ८,४९७ वटा विद्युतीय कार आयात भएकोमा जेठ एक महिनामै २,९६९ वटा विद्युतीय कार आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । उक्त संख्यामा कार आयात गर्दा सरकारले १३ अर्ब ६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यो अवधिमा सबैभन्दा बढी चीन र भारतबाट धेरै विद्युतीय कार आयात भएको हो ।

    ११ महिनामा ५० किलोवाटसम्म मोटर क्षमता भएका ४३ सय ४४ वटा, ५१ देखि १ सय किलोवाट मोटर क्षमताका ६,८८५ वटा र १०१ देखि २ सय किलोवाट मोटर क्षमताका २०९ वटा विद्युतीय कार आयात भएका छन् । त्यस्तै २०१ देखि ३ सय किलोवाटसम्म मोटर क्षमताका २७ वटा र ३ सय किलोवाटभन्दा माथि मोटर क्षमताको एउटा विद्युतीय कार आयात भएको तथ्याङ्क भन्सारमा रहेको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय