• बडिगाड गाउँपालिकाको बजार अनुगमन : दोश्रो दिन ४३ पसलको अनुगमन

  • बडिगाड । नेपालीहरुको महत्वपूणर् चाडपर्वहरु दशै तिहार नजिकिँदै गर्दा उपभोक्तालाई ठगिनबाट बँचाउन बागलुङको बडिगाड गाउँपालिकाले सोमबारबाट सुरु गरेको बजार अनुगमन आज मंगलबार पनि जारी रहेको छ ।

    गाउँपालिकाले सोमबार मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्ने पालिकाका मुख्य बजार क्षेत्रका पसल व्यवसायहरुको अनुगमन गरेको थियो भने आज वडा नं ५, ६ र ७ का बजारहरुमा अनुगमन गरिएको हो ।

    चाडपर्वको समयमा व्यापारीहरूले जथाभावी मूल्य लिने, म्याद गुज्रिएका अखाद्य वस्तुलाई बेच्ने लगायतका समस्या देखिने गरेकाले यसलाई न्यूनिकरण गर्न र व्यापारी तथा उपभोक्तालाई सचेत बनाउन बजार अनुगमन थालिएको गाउँपालिकाका प्रमुख प्रशाशकीय अधिकृत चेतनारायण भण्डारीले जानकारी दिनुभयो ।

    गाउँपालिकाले खाद्यान्न, इन्धन, लत्ताकपडा, औषधी पसल, माछा मासू, तरकारी, फलफूल लगायतका थोक तथा खुद्रा पसलमा अनुगमन गरेको हो । झण्डै ४३ वटा पसलमा गरिएको अनुगमनका क्रममा अधिकांश खाद्यान्न पसलहरुमा म्याद गुज्रेको सामाग्रीहरु फेला परेको भण्डारीले बताउनुभयो । त्यस्तै मुल्यसूची नराखेको, पसल दर्ता/ नविकरण नगरी सञ्चालन गरेको, साईनबोर्ड नभएको लगायतका समस्याहरु भेटिएको उहाँको भनाई छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय