• दीपेन्द्रसिंह ऐरीको विशेष बढुवा : बने सहायक हवल्दार

  • काठमाडौँ । क्रिकेटर दीपेन्द्रसिंह ऐरी सहायक हवल्दारमा बढुवा भएका छन् । नेपाल प्रहरीका जवान पदबाट उनलाई सहायक हवल्दारमा विशेष बढुवा गरिएको डिआइजी कुवेर कडायतले जानकारी दिए ।

    चीनको हाङझाउमा १९ औं एसियाली खेलकुदमा रेकर्ड बनाएको भन्दै आइजिपी वसन्त कुँवरले विशेष बढुवा गरेको उनले बताए । गत असोज १० गते हाङझाउ एसियाली खेलकुद अन्तर्गत नेपालले पुरुष क्रिकेटको आफ्नो पहिलो खेलमा कीर्तिमानको ओइरो लगाएको थियो ।

    झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट मैदानमा मंगोलियाविरूद्ध खेलेको थियो । उक्त खेलमा दीपेन्द्रसिंह ऐरीले ९ बलमा अर्धशतक प्रहार गर्दै विश्व कीर्तिमान बनाएका थिए । उनले १२ बलको विश्व कीर्तिमान पनि भङ्ग गरेका थिए । यो कीर्तिमान भारतका युवराज सिंहको नाममा थियो । दीपेन्द्रले १९ औं ओभरका पछिल्ला पाँच बलमा ५ छक्का हिर्काएका थिए । अर्को ओभरको दोस्रो बलमा पनि छक्का हिर्काएपछि उनले ६ बलमा ६ छक्का प्रहार गर्ने अर्को विश्व कीर्तिमान बनाएका थिए ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय