• जिल्ला प्रशासन गुल्मी बन्यो देशभरमै सर्वोत्कृष्ट कार्यालय

  • गुल्मी । जिल्ला प्रशासन गुल्मी देशभरमै सर्वोत्कृष्ट कार्यालय बनेको छ । गृहमन्त्रालय र जिल्ला प्रशासन कार्यालयबीच भएको कार्यसम्पादन सम्झौता बमोजिम उत्कृष्ट कार्य गरेकोले देशभरका ७७ जिल्लामा गुल्मी प्रथम भएको गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिए ।

    जिल्ला प्रशासन कार्यालय गुल्मीले बुधबार पत्रकार सम्मेलन गरेर आफूहरु कार्यसम्पादन मापकका सुचकबाट देशभरमै पहिलो बनेको जनाएको छ । गृहमन्त्रालयका गृह सचिव र प्रमुख जिल्ला अधिकारी बीच आर्थिक वर्ष २०७९÷०८० मा भएको कार्यसम्पादन सम्झौता (ऋएब्क्) मूल्याङ्कनमा ७७ जिल्लामध्ये जिल्ला प्रशासन कार्यालय गुल्मीले गतवर्ष जस्तै अति उत्कृष्ट सहित प्रथम स्थान (९६.४४ अंक) हाँसिल गरेको हो ।

    यस अवसरमा जिल्ला प्रशासन कार्यालय गुल्मीले जिल्लाका सम्पूर्ण जनप्रतिनिधिज्यूहरु, अर्धवार्षिक कार्यसम्पादनको समयमा कार्यरत प्रजिअ÷ सप्रजिअ, सुरक्षा निकायहरु, स्थानीय तहहरु, कार्यालय प्रमुखहरु, जिल्लामा क्रियाशील राजनीतिक दलहरु, पत्रकार महासंघ गुल्मी र सम्पूर्ण मिडिया क्षेत्र तथा सञ्चारकर्मीहरु, गैर सरकारी संघ संस्थाहरु लगायत सरोकारवाला सम्पूर्ण निकायहरुलाई बिशेष धन्यवाद दिएको छ ।

    यसअवधिमा गुल्मीमा प्रमुख जिल्ला अधिकारीको रुपमा पुण्यविक्रम पौडेल, सागरमणि पाठक र टेकबहादुर केसी रहनुभएको थियो । केसी हाल पनि गुल्मीमा प्रमुख जिल्ला अधिकारी हुनुहुन्छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय