• कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले शनिबार विश्वासको मत लिने

  • मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आउने शनिबार विश्वासको मत लिने भएका छन् । सर्वोच्च अदालतको परमादेशबाट भदौ २२ गते मुख्यमन्त्री बनेका कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको चौथो अधिवेशन बुधबार सुरु भएको छ ।

    कार्की सर्वोच्चको परमादेशमार्फ संविधानको धारा १६८ को ३ अनुसार दोस्रो पटक मुख्यमन्त्री बनेका हुन् । मुख्यमन्त्री कार्कीले असोज २० गते शनिबार विश्वासको मत लिने तयारी भएको एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।

    विश्वासको मत नपाए मुख्यमन्त्री कार्की स्वतः पदमुक्त हुनेछन् । त्यससँगै संविधानको धारा १६८ को उपधारा ५ अनुसार अर्को सरकार गठनको प्रक्रिया सुरु हुनेछ । मुख्यमन्त्री कार्कीलाई एमाले बाहेकले विश्वासको मत नदिने निर्णय गरिसकेका छन् । यसअघि एमालेकै पक्षमा उभिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समेत यस पटक मत नदिने जनाएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय