• प्रधानमन्त्री प्रचण्ड र नेशनल पिपुल्स कंग्रेसका अध्यक्ष लेजीबीच भेटवार्ता

  • बेइजिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ नेशनल पिपुल्स कंग्रेसका अध्यक्ष चाओ लेजीबीच भेटवार्ता भएको छ ।
    आज (सोमबार) बेइजिङस्थित ग्रेट हल अफ द पिपुल्समा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष लेजीबीच भेटवार्ता भएको हो । भेटमा प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपति सी चिनफिङले आफ्नो भ्रमणलाई महत्व दिएको भन्दै अध्यक्ष लेजीसँग प्रसन्नता प्रकट गरेका छन् ।

    उनले राष्ट्रपति सी चिनफिङसँगको भेटवार्ता उपलव्धीमूलक भएको बताए । अध्यक्ष लेजीले प्रचण्ड र राष्ट्रपति चिनफिङबीचको भेट फलदायी भएको आफूले पनि थाहा पाएको बताएका छन् । उनले नेशनल पिपुल्स कंग्रेस नेपालसँग सहकार्य गर्न तयार रहेकोमा जोड दिएका थिए ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय