• लोक दोहोरी गायक गणेश अधिकारीको ` जात कि साथ´ गित सार्वजनिक (भिडियोसहित)

  • गोविन्द भुसाल, बुटवल । लोक दोहोरी गायक गणेश अधिकारी र सुनिता बुढा क्षेत्रीको लोक दोहोरि गीत ‘जात कि साथ’ सार्वजनिक भएको छ ।

    जीवन साथिको अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएको गीतको शब्द तथा संगीत स्वंम जीवन कंडेलले गरेका छन् भने उक्त गितमा स्वर गणेश अधिकारी र सुनिता बुढा क्षेत्रीको रहेको छ ।

    उक्त गितको एरेन्ज महेन्द्र भण्डारीले गरेका छन् ।मालाश्री स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङरमास्टरिङ खड्क बाजुरालिको रहेको छ । यस गीतको भिडियो मा चर्चित गायक तथा मोडल देवेन्द्र बब्लु र जुना विस्वकर्मा संगै अन्य कलाकार को अभिनय रहेको छ ।

    उक्त म्युजिक भिडियोको निर्देशन तथा कथा लेखन विशाल घिमिरेले गरेका छन् । भने छायांकनमा नवराज उप्रेतीले साथ दिएका छन् ।यो म्युजिक भिडियोको सम्पादन र कलर नवीन घर्ती मगरले गरेका छन् ।

    समाजमा जातकै कारण घटेका घटनाहरुलाइ जस्ताकोतस्तै यो भिडियोमा उठान गर्न खोजिएको छ । यसै गित मार्फत पनि जात भन्दा साथ धेरै गुणा बलियो हुन्छ भन्ने देखाइएको छ ।

    भिडियो हेर्नुहोस

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय