काठमाडौं। कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १९६ जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ हजार ४११ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर ८ हजार २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । २० हजार २८६ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार १३६ जना र ६९३ नमुनाको एन्टिजेन परीक्षण गर्दा ६७ जनामा संक्रमण देखिएको हो ।
नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४ लाख ७२ हजार ३५४ पुगेको छ। यसमध्ये पछिल्लो २४ घण्टामा ६ हजार ८९१ जनासहित हालसम्म ३ लाख ५२ हजार ४१४ जना संक्रमणमुक्त भएका छन्।
हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख १४ हजार ५२९ पुगेको छ । जसमध्ये १ लाख ७ हजार ८२ जना होम आइसोलेसनमा, ७ हजार ४४७ जना संस्थागत आइसोलेसनमा छन् । १ हजार ५९० जनाको आईसीयू र ३९० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
पछिल्लो २४ घन्टामा काठमाडौंका २ हजार ४९, ललितपुरका ३६५ र भक्तपुरका २२१ जना संक्रमित थपिएका छन्।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।