• गुल्मीमा महिला डोरी तान र भजनसंगै भलिबल र फुट्सल प्रतियोगिता हुने

  • गुल्मी । मदाने युवा क्लबले विकास, अनुशासन, गतिशीलता हाम्रो प्रतिबद्धता भन्ने नाराका साथ मदाने गाउँपालिकामा पहिलोपटक महिला डोरी तान र भजन प्रतियोगिता कार्यक्रम राख्ने भएको छ ।

    मदाने युवा क्लबको प्रत्येक वर्ष आफ्नो वाषिर्कोत्सवमा विभिन्न कार्यक्रमहरु गर्दै आएकोमा यस वर्षको चौधौं वार्षिकोत्सव मनाउने क्रममा यहि कार्तिक ९ देखि ११ गतेसम्म हुने विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रममा पहिलोपटक यी नयाँ प्रतियोगिता गर्न लागेको हो ।

    शुक्रबार वैठक बसेर यसपटक अग्रज बुबाआमा र महिलादिदीबहिनीलाई लक्षित गरी महिला डोरी तान र भजन प्रतियोगिता थप्ने निर्णय गरिएको क्लबका अध्यक्ष जय प्रकाश भुसालले जानकारी दिनुभयो । यी प्रतियोगितासंगै भलिबल र फुटसल प्रतियोगिता पनि राखिएको अध्यक्ष भुसालको भनाई छ ।

    गाउँपालिकामा अहिलेसम्म यसखाले प्रतियोगिता नभएकाले महिला डोरी तान र भजन प्रतियोगिता निकै रोमाञ्चक हुने अपेक्षा गरिएको क्लवका उपाध्यक्ष तथा खेल संयोजक शिशिर भुसालले बताउनुभयो । उहाँ थप्नुहुन्छ ‘हामीले स्थापनादेखि अहिलेसम्म बिभिन्न सामाजिक, मानवीय र खेलहरु गरिरहेका छौँ । यसपटक केहि नयाँ गर्ने सोँच अनुसार भजन र डोरीतान थप्यौँ । यी कार्यक्रमले कलासंस्कृति जगेर्नासंगै महिलादिदीबहिनीलाई उत्साहित बनाउने छ । पुरस्कार पनि आकर्षक राखिएको छ । उत्साहजनक तवरबाट भाग लिन अनुरोध गर्दछु ।’

    यस्तै क्लवका सचिव विक्रम घर्ती ‘मगर’ले प्रतियोगितालाई सफल बनाउन कसिएर लागेको जिकिर गर्नुभयो । पहिले देखि नै क्लबले सामाजिक कार्य,स्वास्थ्य सस्थामा विभिन्न स्वास्थ्य सामाग्री वितरण, विद्यालयमा छात्रवृत्ति वितरण , अपांगलाई सहयोग, चौपारी निर्माणदेखि कला सस्कृतिको जगेर्ना गर्ने उद्धेश्यले पन्चेबाजा प्रतियोगितासंगै देउसी भैलो सहितका कार्यक्रममा जसरी यो वर्ष पनि सम्पुर्ण साथ पाइने विश्वास राखेको घर्तीले बताउनुभयो ।

    कार्यक्रम संचालनको लागि अहिले विभिन्न सहयोगदाताबाट सहयोग संकलन तथा प्रचारप्रसार गरिरहेको पूर्व अध्यक्ष दान बहादुर घर्तीले जानकारी दिनुभयो । संकलन भएको पैसाले रमाइलोका साथ केहि सामाजिक र मानवीय कार्य गर्ने उहाँ बताउनुहुन्छ ।

    यस्तै देशविदेशमा रहेका मदानेका आमाबुबादाजुभाइलाई पालिकाकै ऐतिहासिक कार्यक्रम रहेकाले सक्दो सहयोग गर्न क्लबका सह सचीव विमल प्रसाद भुसालले आग्रह गर्नुभयो ।

    साथै युवाहरूलाई सामाजिक र मानवीय कार्यमा लगाउन क्लवले विगतका बर्षदेखि नै विभिन्न भूमिका खेलिरहेको र आगामी दिनमा समते कला सस्कृती र समाजको हक हितका लागी सधै तमतयार रहने क्लबका सल्लाहकार प्रेम भुसालले बताउनुभयो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय