• शिक्षकको आन्दोलनका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त

  • काठमाडौँ । शिक्षकहरूको आन्दोलनका कारण काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थान अस्तव्यस्त भएको छ । माइतीघर मण्डलामा भेला भएका शिक्षकहरूले सडक नै ढाकिने गरी प्रदर्शन गरिरहेकाले गाडी आवागमन अस्तव्यस्त भएर समस्या आएको हो ।

    भिडभाडका कारण गाडीको चाप भएपछि माइतीघर मण्डला हुँदै चल्ने गाडीलाई नयाँ बानेश्वर, पुरानो बानेश्वर, थापाथली, भद्रकाली लगायतका ठाउँबाट ‘डाइभर्सन’ गरिएको उपत्यका ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । अहिले ट्राफिक प्रहरीले माइतीघर क्षेत्रको सडक खुलाउने प्रयास जारी राखेको जनाएको छ ।

    सरकारले संसद् सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा काठमाडौको माईतीघरमा शिक्षकहरूले आज बुधवारदेखि आन्दोलन थालेका हुन् । नेपाल शिक्षक महासङ्घको अगुवाइमा देशभरबाट आन्दोलनमा आएका शिक्षकहरू माइतीघरमा भेला भई प्रदर्शन गरिरहेका छन् । संसदमा दर्ता भएको शिक्षा विधेयकमा महासङ्घले विभिन्न १८ बुँदे असहमति प्रकट गरेको छ । जसमा सरुवा, बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्ने सहितका माग छन् । यो माग पूरा नभएसम्म आन्दोलन नरोकिने महासङ्घले चेतावनी दिएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय