• काठमाडौंको तीनकुनेमा चार जनाको हत्या

  • काठमाडौंको तीनकुनेमा चार जनाको हत्या भएको छ।

    काठमाडौं महानगरपालिका-३२ स्थित तिनकुने नजिकै एक सःमिलमा शुक्रबार राति चार जनाको हत्या भएको हो।

    जिल्ला प्रहरी कार्यालय काठमाडौंका एसपी कुमोध ढुंगेलका अनुसार घटनाबारे प्रहरीलाई गएराति ११:२३ बजे सूचना प्राप्त भएको थियो। तत्काल पुगेको प्रहरीले चार जना मृत अवस्थामा फेला पारेको थियो।

    उनीहरुको शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार भएको एसपी ढुंगेलले जानकारी दिए। हत्या भएकामध्ये तीन जना एकै परिवारका हुन्।

    हत्या भएकामा दोलखा घर भई हाल सोही काष्ठ मिलमा गेटपालेको काम गर्ने वर्ष अन्दाजी ५६ का कुमार भुजेल, उनकी श्रीमती वर्ष अन्दाजी ५२ की अम्बिका भुजेल,  कुमारकी आमा वर्ष ७६ की शुभद्रा भुजेल र मोरङ बेलबारी स्थायी घर भएका अन्दाजी २० वर्षका नविन राई रहेका छन् ।

    घटनामा शंकास्पद एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही घरमा बस्ने २८ वर्षीय दीपेन्द्र राई छन्। 

    अहिले चारै जनाको शव पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको र घटनाको थप अनुसन्धान भइरहेको एसपी ढुंगेलले जानकारी दिए।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय